जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् ।
पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेतारकार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउने कार्यक्रम थियो। उनी आउनुअघि स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई मन्दिर परिसरबाट हटाइएको हो।
हिन्दु सम्राट सेनाले विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङको जनकपुर आगमनको विरोध जनाएको थियो। सोही क्रममा उनका समर्थकलाई मन्दिर परिसरबाट हटाइएको जनाइएको छ।
यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ रु गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें १ यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ रु जय जानकी मन्दिर १














