प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,एक करोड ७१ लाख रुपैयाँ बिगो माग



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मङ्गलबार भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले अधिकारीले पदीय दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकमलाई जग्गा खरिदमा प्रयोग गरी शुद्धीकरण गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : श्रावण ५, २०८३ मंगलबार  ७ : ४५ बजे