प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : श्रावण ६, २०८३ बुधबार  ११ : ४८ बजे