एमालेका ६ मन्त्रीले दिए बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा



काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियामार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष उनीहरूले राजीनामा बुझाएका हुन् ।

एमाले संसदीय दलका नेता थपलियाले मुख्यमन्त्री बानियाँलाई पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा ‘२’ बमोजिम पार्टीको निर्णय र पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारमा सहभागी सबै एमाले मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।

प्रकाशित मिति : श्रावण ६, २०८३ बुधबार  १२ : ५५ बजे