काठमाडौं–३० का लेखा अधिकृत घुससहित पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुस्ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : श्रावण ८, २०८३ शुक्रबार  ३ : १८ बजे