२४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, १३ जना घाइते



काठमाण्डौ । नेपालका २४ जिल्लामा २४ घण्टाको अवधिमा भएका विभिन्न २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते बिहान १० बजे सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा (साउन ८ बिहान १० बजे देखि साउन ९ बिहान १० बजेसम्म)सर्पदंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विष्फोटबाट १ जना गरी कुल ६ जनाले ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति : श्रावण ९, २०८३ शनिबार  ९ : ५२ बजे