एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन



काठमाडौं । गत शुक्रबार सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सामाजिक सञ्जालमा बाहिरिएको विषय सार्वजनिक भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

प्रकाशित मिति : श्रावण १०, २०८३ आईतबार  २ : ०५ बजे