विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ ।
सुनसरी घटनाको विरोधमा विराटनगरमा समेत प्रदर्शन हुन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामुदायिक र निजी विद्यालय बन्द गरिएको हो ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् ।
सोही घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको थियो । मंगलबार विद्यालय खुलेनन् ।














