मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र हुने विभिन्न कार्यक्रम तथा समारोहमा डिजे प्रयोग गर्न निषेध गरेको छ।

कार्यालयले मंगलबार जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाह तथा अन्य समारोह, पार्टी तथा उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि कार्यक्रममा डिजे प्रयोग नगर्न र नगराउन आग्रह गरिएको छ।

सूचनाको अवज्ञा गरी डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति : श्रावण १२, २०८३ मंगलबार  १२ : ५३ बजे