काठमाडौं । एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका-४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल-१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।














