कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ



। कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई शपथ गराएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ९२० अनुसार प्रदेश प्रमुख जोशीले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : श्रावण १३, २०८३ बुधबार  ३ : ४१ बजे