प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन) लाई मनोनीत गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

उनलाई सभापतिपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ। पार्टी विधान अनुसार महाधिवेशनबाट चुनिएका सभापतिसहित ८ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यबाहेक बाँकी पदमा सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ ।

पार्टी विधानले वरिष्ठ नेता, उपसभापति, महामन्त्री सहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : श्रावण १३, २०८३ बुधबार  ८ : २९ बजे