प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित



काठमाडौँ, साउन १४ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो ।

सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रकाशित मिति : श्रावण १४, २०८३ बिहीबार  ४ : १६ बजे