निर्मल पुर्जासहितका हिमाल आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी पर्वतारोही निर्मल पुर्जा सहितका आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

पाकिस्तानको ब्रोड पिक’ हिमाल आरोहणका क्रममा पुर्जासहित छ जना नेपाली (पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा) र अन्य चार जना विदेशी आरोहीको हिमपहिरोमा परी दुःखद निधन भएको घटनाले आफूलाई स्तब्ध बनाएको न्नले बताएका छन् ।

शाहले दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले दिवङ्गत आरोहीको भौतिक यात्रा मात्र रोकिए पनि उनिहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन् ।

प्रकाशित मिति : श्रावण १६, २०८३ शनिबार  ६ : ०९ बजे