विदामा पनि पासपोर्ट बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह



काठमाडौं । सार्वजानिक विदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ ।

दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरुको भीड लागको हो ।

विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक विदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

विभागले शनिवार र आईतवार सार्वजानिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ ।

शनिवार र आईतवार सार्वजानिक विदाको दिनमा समेत राहदानी बनाउनेको भीड लागेपछि राहदानी अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : श्रावण १७, २०८३ आईतबार  १ : २० बजे