चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित हुँदा एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उनले जानकारी दिए । यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न उनले आग्रह गरे ।














