काठमाडौं, साउन १८ । प्रख्यात औद्योगिक घराना देवनरा मुन्दडा समूहको घरमा प्रहरीले सोमबार बिहानैदेखि छापा हानेको छ। आज बिहानदेखि मुन्दडा निवासमा प्रहरीले छापा मारेको हो।
सूचनाका आधारमा मुन्दडा निवासमा छापा मारिएको मोरङ प्रहरी प्रहरी प्रमुख एसपी कविक कटवालले पुष्टि गरे। मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पनि हुन्।
विराटनगर महानगरपालिका–७ मा रहेको देवेनरा ग्रुपको आवासमा प्रहरीले बिहान ५ बजेदेखि छापा मारेको हो।














