काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ नौ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।आइतबार तोलामा चार हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।














