काठमाडौं । भक्तपुर जिल्ला अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले प्रसाईंविरुद्ध म्याद नथपी छाड्न आदेश दिएको हो ।
प्रहरीले प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार अदालतमा पेस गरेपनि अदालतले प्रसाईंविरुद्ध म्याद नथपी छाड्न आदेश दिएको हो । अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ ।
प्रसाईंविरुद्ध सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा आरोपमा म्याद थप गर्न प्रहरीले भक्तपुर अदालतमा लगेको थियो ।
उनले सरकारविरूद्ध आन्दोलनको घोषणा गरेका थिए ।














