सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ ।

सोमबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : श्रावण १९, २०८३ मंगलबार  १२ : १७ बजे