२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही



काठमाडौं,साउन२० । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ५१, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा ४१, लेन क्रसमा ७०, अवस्था ठिक नभएको २१, एकतर्फीमा ३२ र अन्यमा ८६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  ९ : १६ बजे