अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन



चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान खसेको पहिरो पन्छाइएपछि यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ।

आज बिहान करिब ७ः०५ बजे सडकमाथिबाट खसेको पहिरोका कारण उक्त सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य तत्काल सुरु गरिएको र केही समयको प्रयासपछि सडक पूर्ण रूपमा खुलाइएको हो।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो पन्छाइएपछि अहिले नारायणगढ–मुग्लिन सडकमा दुवैतर्फबाट सवारीसाधन निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  १० : ३३ बजे