एनपीएल तेस्रो संस्करणको मिति घोषणा, कार्तिक ९ देखि मंसिर ५ गतेसम्म



काठमाडौं। नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुने नेपाल प्रिमियर देखी(एनपीएल) को तेस्रो संस्करणको मिति तय भएको छ।

नेपाल क्रिकेट संघले जारी गरेको पत्रअनुसार एनपीएलको तेस्रो संस्करण २०८३ कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी टोली, खेलतालिका तथा अन्य व्यवस्थापनसम्बन्धी विवरण नेपाल क्रिकेट संघले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ। गत संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो भने पहिलो सिजन जनकपुर वोल्ट्स च्याम्पिय बनेको थियो। दुवै संस्करण फाइनलमा सुदूरपश्चिम रोयल्स पराजित भएको थियो।

प्रकाशित मिति : श्रावण २३, २०८३ शनिबार  ९ : ४३ बजे