प्रधानमन्त्री साह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता



काठमाडौं । . प्रधानमन्त्री बालेन्द्र साह र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको हो ।

भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यको समीक्षा गरिएको थियो ।

प्रकाशित मिति : श्रावण २५, २०८३ सोमबार  ४ : ३० बजे