काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धति विपरित गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्तिले पार्टीलाई मात्र नभई देशको समग्र लोकतान्त्रिक शासन पद्धतिलाई नै गम्भीर असर पार्ने चेतावनी दिए।
नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे । उनले नेतृत्वको आलोचना गर्ने समूहको अस्थिर राजनीतिक चरित्रमाथि प्रश्न उठाए ।









