एकैदिन तोलामा ६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।

सोमबार तोलामा दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : श्रावण २६, २०८३ मंगलबार  ११ : ३२ बजे