काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको नेता डा।शशांक कोइरालाले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ ।
यही साउन २९ देखि ३१ सम्म हुने इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजकसमेत रहेका नेता कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेका हुन् ।
‘पार्टीको आगामी १५ औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस्,’ पत्रमा भनिएको छ । ,












