रास्वपाका सांसदलाई तेस्रो पटक प्रशिक्षण दिइँदै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तेस्रो पटक आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ ।

संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।

धितालका अनुसार ललितपुर गोदावरीस्थित फरेस्टमा साउन २९–३१ सम्म प्रशिक्षण कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : श्रावण २७, २०८३ बुधबार  १२ : ४० बजे