आजको भोलि नै परिणाम खोज्ने प्रवृत्तिले अस्थिरता निम्त्यायो : सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको र यसले अस्थिरता निम्त्याउने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले आजको भोलि नै परिणाम खोज्ने ‘लत’ ले गर्दा बारम्बार विकल्पको खोजी भइरहने उल्लेख गर्दै रास्वपा विकल्प खोज्न नभई स्वयं एउटा ठोस विकल्प बन्न आएको स्पष्ट पारे ।

पार्टीको सांगठनिक संरचनाका बारेमा चर्चा गर्दै उनले जगभन्दा संरचना (स्ट्रक्चर) ठूलो भएको स्वीकार गरे ।

आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : श्रावण २७, २०८३ बुधबार  ८ : २४ बजे