काठमाडौँ। नेपाली काङ्ग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने समयभएसँगै देउवाको स्वागतका लागि काङ्ग्रेसका केन्द्रीय नेता, भ्रातृ संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो।
नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं ओर्लिएका देउवालाई स्वागत गर्न विमानस्थलको विशिष्ट कक्ष ९भीआईपी लाउञ्ज० बाहिर शुभचिन्तक र कार्यकर्ताहरूको घुइँच लागेको थियो। स्वागतका लागि पुगेका नेता(कार्यकर्ताहरूले माला र खदा लिएर देउवाको स्वागत गरेका थिए।









