काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला आज (शुक्रबार) देखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदै छ।
दिउँसो १ बजे आयोजना गरिने उद्घाटन सत्रमा पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
इतर समूहले आयोजना गरेको तीन दिने भेलामा कांग्रेसको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल हुने जनाइएको छ । भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रका क्रममा विभिन्न विषयमा छलफल गरेर नयाँ नीति तथा कार्यक्रम निर्धारण गर्ने तयारी गरिएको छ।
आयोजकका अनुसार भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।









