धवलले दर्ता गरे पार्टी, चुनाव चिन्ह ‘त्रिभुज’



काठमाडौँ, २९ साउन । राप्रपाका पूर्वमहामन्त्री डा.धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।

७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।

दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने छ ।

नयाँ दल गठनमा मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको समेत संलग्नता रहने चर्चा भए पनि अन्ततः प्रसाईंको सहभागिताबिनै राणाले दल दर्ता गराएका हून् । शक्ति बाँडफाँटका विषयमा सहमति जुट्न नसकेपछि दुवै पक्षले छुट्टाछुट्टै ढंगबाट राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएका हुन् ।

प्रकाशित मिति : श्रावण २९, २०८३ शुक्रबार  २ : ५६ बजे