काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गरेका छन् ।
चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अर्थमन्त्री डा.वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तिब्रता दिएको बताए ।









