सुनको मूल्य बढ्यो, कतिमा हूदैछ कारोबार ?



काठमाडौँ, साउन ३१ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : श्रावण ३१, २०८३ आईतबार  ११ : ०६ बजे