जसपा नेपालको २७९ सदस्यीय केन्द्रीय समिति गठन



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण भएपछि दुवै पार्टीको केन्द्रीय समिति समायोजन गरी नयाँ केन्द्रीय समिति गठन गरिएको हो ।

जसमा संरक्षक महन्थ ठाकुर रहेका छन् भने अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । ३३ जनाको पदाधिकारीमा सहअध्यक्ष शरत्सिंह भण्डारी रहेका छन् भने वरिष्ठ नेतामा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन् । सात जना उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव, रेणुकुमारी यादव रहेका छन् ।

नयाँ कार्यकारिणी समिति २९ सदस्यीय रहेको छ । २७९ सदस्यीय केन्द्रीय समितिमा लोसपाबाट ११० जना रहेका छन् ।

प्रकाशित मिति : श्रावण ३१, २०८३ आईतबार  १ : १३ बजे