पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएँ : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन् ।

आईतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन् ।

नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो । सोही सन्र्दभलाई थापाले जन्मेदेखी आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताएका हुन् ।

सभापति थापाले राजनीतिक दलभित्र सत्तामा पुग्नुलाई मात्रै सफलता मापन गर्ने आधार बन्नु गरत भएको भन्दै कति पटक सभापति, सांसद वा मेयर भयो भन्ने आधारमा राजनीतिक सफलता मापन गर्दा दलहरू असफल मान्छे उत्पादन गर्ने कारखाना जस्तो बन्ने टिप्पणी गरे ।

प्रकाशित मिति : श्रावण ३१, २०८३ आईतबार  ७ : ४५ बजे