काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताउका छन् ।
। आईतवार काठमाडौंमा सम्पन्न काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू हिन्दु भएपनि कुनै धर्म विरोधी नभएको बताए ।
देउवाले भने, ‘म हिन्दू हुँ, आफ्नो धर्मबारे बोल्न पाउनु मेरो अधिकार हो’ भनेका थिए । नेपालका अरु धार्मिक पहिचानप्रति सम्मान रहेको भन्दै उनले आफू हिन्दू धर्म संस्कार अनुसार नै बिहे व्रतबन्ध, मन्दिर आदि सामेल हुने गरेको बताए । ‘मैले म हिन्दू धर्म मान्न पाउनुपर्छ, मानेको छु, तर अरुले आफ्नो धर्म मान्न पाउनुपर्छ । नेपाल हिन्दुराष्ट्र बनाउने कि नबनाउने भन्ने विषय नेपाली जनताको विषय हो ।’
सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने देउवाले दाबि गरे।उनले आफू अन्य कुनै पनि धर्म वा समुदायको विरोधी नभएको समेत स्पष्ट पारे ।









