काठमाडौं। नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।
नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आज घरका मूलढोकामा समेत नागको तस्वीर टाँसी पूजा गर्ने चलन छ ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।














