किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं,भदौ १ । अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनमा राख्न आदेश देशको छ ।

प्रहरीको माग बमोजिम श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतले श्रेष्ठमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप गरेको हो ।

गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले सुरुमा तीन दिन थुनामा राख्न आदेश दिएको थियो ।उक्त म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले ४ दिनको समय दिएको हो ।

प्रकाशित मिति : भाद्र १, २०८३ सोमबार  १ : ०८ बजे