पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश,प्रहरी अनुसन्धान भने नरोकिने



काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

सर्वोच्चले पत्रकार श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरे पनि वैयक्तिक गोपनीयता हनन कसुरको आरोपमा अनुसन्धान गर्ने बाटो भने खोलिदिएको छ ।

श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

अदालतले पत्रकार श्रेष्ठको निवास र कार्यालयबाट जफत गरिएका सबै सामान फिर्ता गर्न समेत आदेश दिएको छ ।

प्रकाशित मिति : भाद्र १, २०८३ सोमबार  ८ : २० बजे