उम्मेदवार छनोट गर्न रास्वपाको ‘क्याण्डिडेट क्लव’ : पालिकाका उम्मेदवारका लागि आवेदन खुल्यो



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्याण्डिडेट क्लव’ सञ्चालनमा ल्याएको छ ।

सोमवार चःमतिस्थित पार्टी केन्द्रिय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्याण्डिडेट क्लव’को घोषणा गरेका हुन् ।

उनले उम्मेदवार छनोटअघि आकांक्षीको कानूनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरि योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पुर्याउने उद्देश्यले ‘क्याण्डिडेट क्लव’ सञ्चालनमा ल्याइएको बताए।

लामिछानेले स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड क्याण्डिडेट क्लवमा जाँच गरिने बताउनु दाबि गरे ।

प्रकाशित मिति : भाद्र १, २०८३ सोमबार  ८ : ३३ बजे