प्रधानमन्त्रीलाई वर्षमानको आग्रह– मन्त्रीलाई कन्ट्रोल गर्नुस्



काठमाडौं, भदौ २ । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई आफ्ना मन्त्रीहरूलाई ‘कन्ट्रोल’ गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले गैरजिम्मेवार रूपमा राज्य चल्न नसक्ने बताए ।

“प्रधानमन्त्रीज्यूलाई ध्यानकर्षण गराउँछु– आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस् । विपद्को स्थिति के भइरहेको छ । त्यसबारे काम गर्नुस्,” उनले भने ।

विपद्को राहत पुर्‍याउनुपर्ने र उद्धार गर्नुपेर्ने समयमा मन्त्री भ्रमणमा जाँदा हेलिकोप्टरबाट फर्काइएकोमा उनले टिप्पणी गरे ।

प्रकाशित मिति : भाद्र २, २०८३ मंगलबार  १ : ०० बजे