राष्ट्रिय सूचना दिवस मनाइँदै



काठमाडौं ,भदौ ३ । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ ।

नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाइन्छ ।

२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाउने गरेको हो ।

यसको यसको मुख्य उद्देश्य भनेको नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने हो ।

प्रकाशित मिति : भाद्र ३, २०८३ बुधबार  ७ : ५६ बजे