काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन्।
बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सभापति लामिछानेले समसामयिक विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।
बैठकमा सरकार र पार्टीका सांसदहरूबीच देखिएका असमझदारी तथा पछिल्ला राजनीतिक गतिविधिका विषयमा गहन छलफल हुने बताइएको छ।









