भोट फिर्ताबारे गृहमन्त्रीले भने- आफ्नो मतदातासँग जोक गर्न हुँदैन त ?



काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्तिलाई जोक गरेको बताएका छन् ।

बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मतदातासँग जोक गरेको बताएका हुन् ।

पत्रकारले ‘भोट फिर्ता कसरी गर्न मिल्ने हो र यसबारे भित्र के सल्लाह भयो?’ भनी सोधेको प्रश्नमा उनले भने, ‘हामी त्यहाँभित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त? आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त?’

गत हप्ता गोरखाको नाम्जुङ पुग्दा स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी वाचा सम्झाएपछि मन्त्री गुरुङ आक्रोशित बनेका थिए।

प्रकाशित मिति : भाद्र ३, २०८३ बुधबार  ३ : २६ बजे