काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको प्रष्ट पारेका छन् ।
्
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री फेर्न लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक दुई पाँच काममा प्रश्न आउनु स्वभाविक हो ।









