उद्धव थापालाई सांसदबाट पदमुक्त गर्ने राप्रपाको निर्णय



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।

राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो ।

बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरेको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ४, २०८३ बिहीबार  ४ : ५९ बजे