सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौँ, भदौ ५ । स्नीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख १३ हजार ४०० र असली चाँदी प्रतितोला रु चार हजार ८५५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : भाद्र ५, २०८३ शुक्रबार  ११ : ४३ बजे