प्रदीप गिरीको स्मृतिमा ‘फेलोसिप’ र निवन्ध पुरस्कारको घोषणा



काठमाडौं । नेपाली काँग्रेसले नेता एवं समाजवादी चिन्तक स्व। प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निवन्ध पुरस्कारको घोषणा गरेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यस्तो जानकारी दिएका हुन् ।

सभापति थापाकाअनुसार गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिनेछ ।

स्व। गिरीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काँग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा यो कार्यक्रम शुरु गरेको हो ।

प्रकाशित मिति : भाद्र ६, २०८३ शनिबार  ५ : ५७ बजे