प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौँ प्रस्थान



मुस्ताङ, भदौ ७ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छ ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए ।

शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हून् । रासस

प्रकाशित मिति : भाद्र ७, २०८३ आईतबार  ११ : ३४ बजे